newskoseli.Com

अध्यक्ष रहेका प्रधान न्यायाधीशको प्रस्ताव नै अस्वीकृत : न्यायपरिषद् बैठक

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको फाइल तस्बिर

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । न्यायपरिषदका सदस्यबीच नै सहमति हुन नसकेपछि सर्वोच्चमा न्यायाधीश सिफारिस हुन नसकेको परिषदका एक सदस्यले बताए ।

न्यायपरिषदका सदस्य पदम वैदिकले सर्वोच्चको न्यायाधीश हुनकै लागि बुधबार राजीनामा दिएका थिए । तर, नेपाल बार एसोसियसन र परिषदका सदस्यले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेन । वैदिकको विषयमा प्रधान न्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष चोलेन्द्रशमशेर जबरा आफैंले सिफारिसका लागि नाम प्रस्ताव गरेको परिषद् स्रोतले जनायो ।

वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउने प्रधान न्यायाधीश राणाको प्रस्ताव सदस्यहरूले अस्वीकार गरेपछि बैठक निष्कर्षविना टुंगिएको हो । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश तथा परिषद् सदस्य दीपककुमार कार्की र कानुनमन्त्री उपेन्द्र यादवले सर्वोच्चको न्यायाधीश तत्काल सिफारिस गर्नु नहुने मत राखेपछि प्रधान न्यायाधीश राणाको प्रस्ताव असफल भएको खबर नीराजन पौडेलको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर