newskoseli.Com

देउवा भेट्न प्रचण्ड पुगे बूढानीलकण्ठ : आधा घन्टा के–के भए कुराकानी ?

बुधबार साँझ सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरे– ‘भोलि बिहान म तपाईंकहाँ चिया खान आउन खोजेको… ।’ देउवाले पनि आफ्नो निवासमा सहजै प्रचण्डलाई स्वागत गर्दै भने– ‘आउनुहोस् सँगै बसेर चिया पिउँला, बिहान म अन्त कार्यक्रम नबनाउँला ।’

बिहीबार बिहानै प्रचण्ड बूढानीलकण्ठस्थित देउवानिवास पुगे । सुदूरपश्चिम प्रदेश सरकारको ‘वित्त सम्मेलन’ का लागि सहभागी हुन धनगढी जान हतारिएका प्रचण्ड एयरपोर्ट पुग्नुअघि सिधै देउवा निवास पुगेका थिए । बिहान सवा ९ बजे देउवा निवास पुगका प्रचण्ड र देउवाबीच झन्डै आधा घन्टा छलफल भएको थियाे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा १२ असारको साँझ होटल समिटमा प्रचण्ड–देउवा ‘एक्लाएक्लै’ गोप्य भेटवार्ता भएको थियो । यी दुई नेताबीच त्यसयता यसरी छुट्टै भेटवार्ता भएको थिएन । प्रचण्ड–देउवाबीच भएको बिहीबार बिहानको भेट सत्तापक्ष र प्रतिपक्षका मुख्य नेताबीच सामान्य शिष्टाचार निर्माण (सम्बन्ध सुदृढीकरण) का लागि मात्र भएको सो भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले बताए ।

‘नेकपाले प्रचण्डजीलाई पार्टी हेर्ने गरी कार्यकारी जिम्मा दिएपछि प्रचण्डजीले सत्ता–प्रतिपक्षबीचको शिष्टाचार निर्माणका लागि भेट गर्न चाहनुभएको देखियो । मुख्यतः यो कर्डसी भेटघाट हो भन्दा हुन्छ’– लेखकले भनेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर