newskoseli.Com

छाउगोठमा महिलाको मृत्युपछि जेठाजु पक्राउ : नयाँ कानुनी अभ्यासकाे सुरुआत

छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा (रावत) का जेठाजु छत्र रावत पक्राउ परेका छन् । साँफेबगर– ३, सिद्धेश्वर, डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो ।

छाउपडी प्रथालाई कानुनी रुपमै अपराध मानेपछि प्रहरीले पहिलो पटक कानुनी प्रक्रियाको सुरुआत गरेको हो । यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो । छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक शाहीले जानकारी दिए ।

‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे–नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने– ‘बाध्य पारेको भए त्यही अनुसार कारबाही हुन्छ ।’ एउटा नयाँ अभ्यास थालनीको यो खबर गीता कुँवरको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर