newskoseli.Com

कार्यकारी भूमिका पाएपछि के–के गरे प्रचण्डले, अब के–के गर्दैछन् ?

पार्टी एकीकरण भएको १९ महिनापछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकृत रूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ । एक वर्षअघि बसेको स्थायी समितिको बैठकले नै देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको भए पनि एकता प्रक्रियाको उल्झन र आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने भनी दर्जनौं पटक घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन नसकेकाले नेताहरूले तत्काल देशव्यापी रूपमा अभियान घोषणा गर्न अध्यक्ष प्रचण्डलाई दबाब दिन थालेका छन् । कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि सचिवालय बैठक बोलाएका थिए । अब स्थायी र केन्द्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए ।

उनका अनुसार पार्टीलाई अझै बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गरिनेछ । एक वर्षअघि बसेको स्थायी समितिको बैठकले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेको नेकपाका नेता भीम रावलले बताएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर