newskoseli.Com

बलात्कारको आरोपमा डाक्टर पक्राउ : यस्तो पो रहेछ अहेवको हर्कत !

महिलामाथि बलात्कार गरेको आरोपमा यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधीरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।

मंसिर १८ मा चितवनबाट रौतहट घुमफिर गर्न आएकी ३० वर्षीया एक महिला घर फर्कन गौर बसपार्कमा बसको प्रतीक्षा गरिरहेकी थिइन् । सोही मौका पारी डाक्टर सिंहले उनलाई चितवन जाने बस चढाइदिन्छु भन्दै मोटरसाइकलमा राखेर सरुअठा हेल्थपोस्ट लगेका र त्यहीं रातभर थुनेर बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ ।

आफूलाई चरम यातना दिई बलात्कार गरेको भन्दै ती महिलाले भोलिपल्टै विभिन्न महिला अधिकारवादी संघ–संस्था र मकवानपुर प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटमा दोषी सिंहमाथि कडा कारबाहीका लागि जाहेरी दर्ता गराएकी थिइन् । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ । उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरी अनुन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।

पीडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरअन्तर्गत अपराधको अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए । प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भए पनि उनी भारतको दरभंगाबाट बीडीएस डेन्टिस्ट पढेर सदरमुकाम गौरस्थित दाँतको निजी क्लिनिक सञ्चालन गरेर डाक्टर समेत लेख्ने गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर