newskoseli.Com

सूचना आयोगमा गुरुङ, ओली र मैनाली सिफारिस

राष्ट्रिय सूचना आयोगको अध्यक्षमा पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङ र सदस्यमा कमला ओली तथा दीपक मैनाली सिफारिस भएका छन् । सिफारिस समितिले आइतबार उनीहरुलाई पाँचवर्षे कार्यकालका लागि सिफारिस गरेको स्रोतले जनाएको छ ।

गुरुङले बहुचर्चित र बहुविवादित आमसञ्चार विधेयकको मस्यौदा तयार पार्न भूमिका खेलेका थिए । उक्त विधेयक संसदबाट पारित भएको भने छैन । मैनाली जनदिशामा काम गर्थे भने ओली कानुन व्यवसायी हुन् । मैनाली पूर्वमाओवादी र ओली पूर्वएमालेको ‘कोटा’ बाट सिफारिसमा परेका हुन् ।

झापाकी ओली प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छिन् भने मैनाली प्रेस संगठनका संयोजक महेश्वर दाहाल निकट हुन् । मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेपछि उनीहरु नियुक्त हुनेछन् । आयोगका यसअघिका पदाधिकारीको समयावधि पुस २० मा सकिँदै गरेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर