newskoseli.Com

वडाध्यक्षमाथि नै ‘बोक्सा’ को आरोप : कालोमोसो लगाएर मलमूत्र खुवाउने प्रयास !

इच्छामनकामना गाउँपालिका– २ (चितवन) का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई ‘बोक्सा’ को आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

नेपालकै लोपोन्मूख जातिको सूचीमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँ समेत परिक्रममा गराएका थिए । वडा भवनको कार्यालय सार्ने विषयमा विवाद भएपछि चेपाङलाई बोक्साको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको खबर मंगलबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर