newskoseli.Com

‘दुश्मन’ को भन्दा ‘मोबाइल’ को बढ्ता डर : विप्लव नेकपाकाे विडम्बना !

सशस्त्र संघर्षमा लागेका पार्टीहरु घुसपैठ हुन सक्ने दुश्मनकै कारण समाप्त भएका अनेकन उदाहरण छन् । नेपालमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, ‘मोबाइल’ । मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा विप्लव नेकपाले छलफल चलाएको बताइन्छ ।

जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न विभिन्न प्रकारका विचारगोष्ठी, छलफल र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो, त्यस क्रममा पनि घुसपैठियाले मान्छे पक्राउन छाडेनन् । शान्ति प्रक्रियामा आएलगत्तै काभ्रेको दुर्गम पहाडी वस्ती कामीडाँडामा बैठक र गोष्ठी गरियो । उक्त कार्यक्रममा चीनबाट प्रोफेसर वाङ होङवेइ र भारतीय कम्युनिस्ट पार्टीका एक जना नेता आएका थिए । बैठक चलिरहेका बेला कुनै नेतृले फोटो खिँचेर कतै पठाइसकेकी थिइन् ।

चिनियाँ प्रेफेसर त समस्यामा पर्ने कुरा भएन । तर, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का प्रतिनिधि भने कामीडाँडा बैठक सिध्याएर फर्कने क्रममा वीरगञ्जबाट अगाडि बढ्दाबढ्दै समातिए । त्यसयता भारतीय माओवादीसँग यताका माओवादीको सम्बन्ध–विच्छेद छ भने उनीहरुको आफ्नै बैठक बस्दा १० किलोमिटर परै मोबाइल बन्द गरी एक ठाउँमा थुपार्ने अभ्यास छ ।

अहिले भूमिगत रुपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाले यस्ता कुरामा सचेतना अपनाउँदै आफ्ना गतिविधि सञ्चालन गरेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर