newskoseli.Com

प्रहरी महानिरीक्षकको ‘गर्जन’ : ‘को–को लाग्या छन्, सबै थाहा छ !’

प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एकपछि अर्को गर्दै ‘आईजीपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूलठूला अफिसर सक्रिय भएको भनी आईजीपी सर्वेन्द्र खनालले केही दिनअघि पीसीसी बैठकमै भने– ‘को–को लाग्या छन्, सबै थाहा छ ।’

बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फण्डा हो– ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) दोहोरो भीडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबाट मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैंटे मारिनुअघि मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी (चरी) बारेको कुरालाई ओझेमा पार्दै घैंटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो– आईजीपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु । स्मरणीय छ, घैंटे मारिँदा अहिलेका आईजी अपराध महाशाखाका प्रमुख थिए ।

यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको पनि मुठभेडमा नभई प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित आएको मानवअवधिकार आयोगको रिपोर्ट अनुसार आईजीपी हट्ने हल्ला चल्यो । तर, उनी हटेनन् । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्‍यो, आईजीपी अब हट्छन् भन्ने हल्ला आयो ।

सामान्यतः मानवअधिकार आयोगले कुनै संवेदशनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्र दिइन्छ, सार्वजनिक गरिँदैन । तर, कुमार पौडेल घटनाको छानविन प्रतिवेदन हतार–हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुन सक्यो न त त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को ‘मक्सद’ नै पूरा भयो ।

प्रहरी महानिरीक्षक वरीपरि केन्द्रित यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर