newskoseli.Com

१०९६ शाखा अधिकृतका लागि खुल्यो लोकसेवा

लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७ सय ६८ र बढुवातर्फ ३ सय २८ का लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५ सय ६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३ सय ६३ र व्यवस्थापिका संसदतर्फ २८ पदमा विज्ञापन खुला गरिएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर