newskoseli.Com

बोल्न नसक्ने महिलाको कोखमा ‘बलात्कारी’ को ७ महिने गर्भ !

दाङको तुलसीपुरमा बलात्कारबाट एक महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा बोल्न नसक्ने ती महिलाको गर्भमा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।

आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार जाहेरी दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुरा पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।

‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्,’ निमित्त प्रहरी प्रमुख पालले भने– ‘पछि पहिचान भएमा किटानी जाहेरी दिने गरी निवेदन परेको छ ।’ पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै प्रहरीले अनुसन्धान अघि बढाएको पालले बताएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर