newskoseli.Com

रेलको ठक्करबाट मरे २ हात्ती, फूलमालाले सिँगारेर श्रद्धाञ्जलिपछि दाहसंस्कार

यात्रुवाहक रेलले ठक्कर दिएर बुधबार भारतमा दुई हात्ती मरेका छन् । दाहसंस्कार गर्नुअघि ती हात्तीको शवलाई फूलमालाले सिँगारेर राखी श्रद्धाञ्जलि दिइएको थियो ।

रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तिमा २६ हात्ती मरेका छन् भने अरू कयौं घाइते भएका छन् । ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात्ती गर्भवती समेत रहेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् । स्थानीय समयानुसार बिहानै साढे ४ बजे सो घटना भएको हो । उत्तरी सीमा क्षेत्रको रेलमार्गमा बाटो पार गर्न लाग्दा रेलले ती हात्तीहरूलाई ठक्कर दिएको रेल सेवाका प्रवक्ता सुभानान चन्दले जानकारी दिए ।

रेलमार्गमा टाढासम्म देखिने गरी भिजिबिलिटी नरहेका कारण नदेखिएर हात्तीलाई रेलले ठक्कर दिएको उनले बताए । विगतमा पनि यस्ता घटना भएको र हात्तीलाई ठक्कर दिएर मर्ने क्रम चलिरहेकाले रातको समयमा रेल नचलाउन पटक–पटक रेल सञ्चालकहरूलाई आग्रह गरिएको वन्यजन्तु अधिकृतहरूले बताएका छन् ।

रेलको ठक्कर खाएर हात्ती मरेपछि दर्जनौं स्थानीय वासिन्दा घटनास्थलमा भेला भएका थिए । उनीहरूमध्ये केहीले हात्तीका लागि ‘प्रार्थना’ समेत गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर