newskoseli.Com

नयाँ सभामुखको अड्कलबाजी सुरू : नेकपा–कांग्रेस दुवै दल कसरतमा

संसद् अधिवेशन सुरु भएसँगै संसदमा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ । पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्ने गरी अनौपचारिक छलफल सुरु हुन थालेका छन् ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष पार्टीमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपाले सभामुख लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्नेबारे औपचारिक निर्णय गरेको छैन । नेकपा स्रोतले भन्यो– ‘दुई दिनपछि केही हुन सक्छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । यही बैठकबाट कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय गर्नेछ । सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् । तर, उनी आफू उम्मेदवार हुने नहुने भन्ने विषयमा केही बताउन चाहँदैनन् । सभामुख बन्न नेकपाभित्र देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल तथा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सक्रियता बढेको स्रोतले बतायो ।

उपसभामुख तुम्बाहाङ्फेसँग भेट गर्न सरकारका तर्फबाट कुनै मन्त्री आएका छैनन् । उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन् । आफूसँग पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुःखेसो उनले पोख्न थालेकी छन् ।

राजीनामा दिन पार्टीले भनेमा राजीनामा दिने मनस्थिति उनले बनाएकी छन् । तर, आफ्नो अपमान हुने गरी पद छाड्न भने उनले चाहेकी छैनन् । आफैंलाई सभामुख बनाउन उनले आफ्ना निकट नेतासँग छलफल गरेकी छन् । तर, आफूलाई सभामुख बनाउँछन् भन्ने विश्वासमा भने उनी नदेखिएको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर