newskoseli.Com

पिकनिक गएको कलेज बस दुर्घटना : २२ घाइते, २ काे अवस्था गम्भीर

कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार सूर्यविनायक नगरपालिका– ८, घ्याम्पेडाँडामा दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।

राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक जाने क्रममा साँघुरो सडकबाट बस खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने २० जनाको अवस्था खतरामुक्त रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।

पिकनिकका लागि ११ वटा गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएकोमा उक्त बस ‘पाइलटबाबा आश्रम’ नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । घाइतेमध्ये २ को भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर