newskoseli.Com

धनुषा बम विस्फोट : ११ बजे जडान, १२ बजे विस्फोट

धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ  । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ छ ।

घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बप्रदेश– २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताएका छन् । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास्थलबाट त्यसलाई पुष्टि गर्ने चिप्ससहितका सबुत प्रमाण फेला परेका छन्,’ उनले भने– ‘कसैले छोएर पड्किएको वा पड्काइएको होइन, राति ११ बजे जडान गरेर १२ बजे पड्किएको देखिन्छ ।’

तीन जनाको ज्यान जाने र तीन जना घम्भीर घाइते हुने गरी शनिबार राति धनुषामा भएको बम विष्फोटसम्बन्धी यो खबरकाे फलाेअप आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर