newskoseli.Com

८ जिल्लाको ६ हजार रोपनी सरकारी जग्गा व्यक्तिका नाममा

८ जिल्लामा मात्रै ४ सय ७० विघा आर्थात् ६ हजार २ सय ५५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ  ।

सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले ८ जिल्लाको विवरणसहितको प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । बाँके, मकवानपुर, कास्की, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं र सुनसरीमा हिनामिना गरिएको सरकारी जग्गाको विवरण आयोगले तयार पारेको हो ।

आयोगको प्रतिवेदनअनुसार सबैभन्दा धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रको २ सय ५० विघा (३ हजार ३ सय २७ रोपनी) जग्गा व्यक्तिको नाममा पुगेको जनाएको खबर सुवास भट्टको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर