newskoseli.Com

देउवा–पौडेल पक्षबीच चर्कंदो विवाद : असन्तुष्ट पक्षले आइतबार पनि बैठक बहिष्कार गर्ने

महाधिवेशनको कार्यतालिका घोषणाको विषयलाई लिएर नेपाली कांग्रेसको आन्तरिक विवाद झन् चर्किंदै गएको छ । सभापति शेरबहादुर देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहेको देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेको छ ।

महाधिवेशनको एजेन्डा नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको पौडेल समूहले देउवाले आइतबार आह्वान गरेको बैठक पनि बहिष्कार गर्ने बताएको छ । केन्द्रीय बैठक नै बहिष्कार गरेर विरोध गर्न थालेपछि सभापति देउवा विवाद मिलाउने प्रयासमा शनिबार पौडेल निवास बोहोराटार पुगेका थिए ।

उक्त छलफलमा पौडेलले १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेन्डा बनाउनुपर्ने माग राखेको खबर रामृष्ण चापागाईंको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर