newskoseli.Com

बम ठानेर ‘डिस्पोज’ गर्दा फेला पर्‍यो चरेस !

ठाकुरबाबा नगरपालिका– २, सिंहबाहिनीका एक स्थानीयले शनिबार बिहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित ‘शंकास्पद वस्तु’ देखे । राजमार्ग छेउमै कालो झोलामा डल्लोजस्तो वस्तु देखेपछि उनी त्रसित भए ।

केही बेरमै त्यो ठाउँमा भीड लाग्यो । स्थानीले शंकास्पद वस्तु ‘बम हो कि ?’ भन्ने आशंकामा प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे ।

लगत्तै, शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले भुरीगाउँदेखि रानीपुरसम्म पूर्व–पश्चिम राजमार्ग बन्द गर्‍यो । शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तु सेनाको बम डिस्पोजल टोलीले ‘निष्क्रिय’ पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला परेको खबर आइतबारको पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर