newskoseli.Com

‘भारतविरोधी कार्यक्रममा सहभागी भएको’ आरोपमा समाजवादीकी नेतृमाथि कारबाही !

‘भारतविरोधी’ एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै समाजवादी पार्टीले उक्त पार्टीकी राजनीतिक समितिकी सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ । यादवलाई कारबाही गर्न सो पार्टीले उनलाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणपछि यादवलाई कारबाही गरिने पार्टीका नेताहरूले जनाएका छन् । यसअघि ‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी भएको भनी सो पार्टीले त्यस पार्टीका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरिसकेको छ ।

पाकिस्तानी दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीमा उजुरी आएपछि रेखालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले बताएको खबर भुवन शर्माको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर