newskoseli.Com

टाइम बमले मधेस अशान्त !

मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर, महिना दिनयता प्रदेश– २ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेका छन् ।

बिस्फोटमा मान्छेको मृत्यु भएको छ । अज्ञात पक्षले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ । प्रहरीसहित चार गम्भीर घाइते भएका छन् । शान्त तराई फेरि अशान्त बनेको छ ।

सो बम विप्लव नेकपाले राखेको कहीं–कतै प्रहरीको भनाइ छ भने कतै आपराधिक समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको भनाइ छ । रकम असुल्नकै लागि सरकारी कार्यालय, साहू–महाजनका घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह पनि सक्रिय छन् ।

मंसिर दोस्रो सातायता महोत्तरी, सर्लाही, धनुषा, सिरहालगायतमा लगालग बम राखिएको भेटियो । कतै सेनाले निस्क्रिय पारे त कतै पड्किएर धनजनको क्षति भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर