newskoseli.Com

नेपालकै यी व्यक्ति, जो ठगेरै अर्बपति बने !

पवटी (दोलखा) का दिनेश कोइराला फेरि पक्राउ परेका छन् । ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।

मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका वासिन्दाबाट करोडौं ठगेको पाइएको छ । कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरे ।

अर्का एक धिमाल पनि अहिले सुकुम्बासीजस्तै बनेका छन् । उनको एक विघा ८ कठ्ठा जमिन धितो राखेर कोइरालाले १७ लाख रुपैयाँ झिके । उनले पैसा फिर्ता गरेनन् । बैंकले जग्गा लिलामी गर्‍यो । इटहरीकी लक्ष्मी भट्टराईलाई उनले ६ वर्षअघि ‘आमा’ बनाए । भट्टराईलाई ठग्न कोइरालाले ‘माइलो छोरा’ को नाता लगाए ।

बेला–बेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्ट समेत पुर्‍याउँथे । प्रशस्त जग्गा–जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके । पाँच वर्षलाई भनेर झिकिएको पैसा भट्टराईले फिर्ता पाउनु त परै जाओस्, उनले सम्पर्क समेत गर्न पाइनन् ।

कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई पनि डुबाएका छन् । जग्गा–जमिन र गाडी सहकारीमा राखेर पटक–पटक गरी १० करोड रुपैयाँ कर्जा लिएका कोइराला किस्ता तिर्नै गएनन् । सहकारी सञ्चालक केदार महर्जनले अहिले प्रहरी गुहारेको खबर सुवास गोतामेको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर