newskoseli.Com

नेकपा स्थायी कमिटी : मन्त्रीबाटै ‘एमसीसी’ को विरोध

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार सुरु भएको स्थायी कमिटीको बैठकमा सोमबार बोल्दै त्यसमा भएका कतिपय प्रावधानले अन्योल जन्माउन खोजेको र त्यसमा उल्लेख भएका सर्त तथा प्रावधानसहित जस्ताको जस्तै संसदबाट पास भए दीर्घकालीनरुपमा सरकार र पार्टीलाई समेत हित नगर्ने भट्टराईले बताएका हुन् ।

‘पार्टीको स्थायी कमिटी बैठक बसेको छ, यो विषयमा गहनरुपले छलफल होओस्, एमसीसी स्वीकार गर्दा नेपालले तयार पार्ने परियोजनाको हितमा होस्, नेपालको असंलग्न नीतिविपरीत पनि नहोस्’– मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने । उनका अनुसार बैठकमा एमसीसीको विषय मन्त्री भट्टराईले नै प्रवेश गराएका थिए ।

एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य प्रभाव विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतकै एमसीसीको परियोजनामा उल्लेख गरिएका बुँदालाई संशोधन गरेर मात्रै अघि बढाउन भट्टराईले जोड दिएका थिए । बैठकमा सोमबार बोलेका १२ जनामध्ये भट्टराईसहित तीन जनाले एमसीसीअन्तर्गतका कार्यक्रम संसदबाट पारित गर्दा त्यसमा उल्लेख गरिएका प्रावधान तथा सर्त संशोधन गर्नुपर्ने बताएका थिए ।

संघीय संसदबाट एमसीसी पास गराउने कुरा चलिरहेका बेला सरकारमा सहभागी केही मन्त्री र सत्तारुढ दलका कतिपय मुख्य नेताहरु नै विपक्षमा उत्रिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर