newskoseli.Com

‘राष्ट्रियताका पक्षमा’ देव गुरुङ र भीम रावलको निर्भीक आवाज !

सत्ताधारी नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्तावको तीव्र विरोध भएको छ । आइतबारदेखि जारी स्थायी समितिको बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसीलाई संसदबाट पारित गर्नु नहुने बताएका छन् ।

अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको भनाइ छ । नेताहरू रावल, गुरुङ र युवराज ज्ञवालीले यथास्थितिमा संसदबाट एमसीसी प्रस्ताव पारित गराउनु नहुने धारणा राखेको स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए । नेपाल र अमेरिकाबीच एमसीसी प्रस्ताव सम्झौतामा २०७४ भदौ २९ मा हस्ताक्षर भएको थियो ।

विद्युत् प्रशारण लाइन, सडक निर्माणलगायतका क्षेत्रमा खर्च गर्ने गरी यो सम्झौता गरिएको तर त्यसले नेपालको सार्वभौमिकता र आत्मनिर्णयको अधिकारमाथि समग्र हस्तक्षेप हुने भन्दै विरोध गरिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर