newskoseli.Com

सीके राउतलाई राष्ट्रियसभामा ल्याइँदै !

फाइल तस्बिर

नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कूल ५९ मध्ये दुईवर्षे कार्यकाल भएका १९ सदस्यको अवधि फागुन ३ मा पूरा हुँदैछ । रिक्त १९ स्थानका निम्ति माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।

१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पुर्‍याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तिमा दुई जना सदस्य नेकपाले तोकेकै व्यक्ति हुनेछन् । राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग नेकपाका चुनावी तालमेल हुने स्थिति छ ।

२ नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजपासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुने वित्तिकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिति छ । दुई–दुई स्थान लिने गरी भागवणडा भए पनि नेकपाले एक स्थान चाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।

पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिएको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर