newskoseli.Com

‘बधाई आजै दिऊँ कि पछि ?’ उनी भने हाँसी मात्र रहे…

‘बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा आइतबार पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउनुपर्ने पात्र चाहिँ मुसुमुसु हाँस्दै थिए ।

पूर्वमाओवादीको असन्तुष्टिका बाबजुद ‘संसद चलाउने परिपक्व व्यक्ति’ का नाममा मोटामोटी सहमति जुटेको संकेत मिल्दैछ । सभामुखको हकमा सदन चलाउने परिपक्व र अनुभवी पात्र तय गरौं भन्नेमा लगभग कुरा मिलेको स्रोतले बतायो । ‘एकताको सन्देश दिने गरी अन्य जिम्मेवारी दिने’ कुरामा पूर्वएमालेबाट प्रतिबद्धता जनाइएपछि त्यस्तो वातावरण बन्न लागेको हो ।

सहमति नजिक पुगेका व्यक्ति उनै हुन्– जसले आइतबार होटल समिटमा अनौपचारिक बधाई पाएका थिए, संविधानसभाको अध्यक्ष समेत रहिसकेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ । उपसभामुखमा भने राष्ट्रिय जनमोर्चाकी प्यूठानी सांसद तथा पुराना वामनेता मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई अगाडि सार्ने तयारी रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर