newskoseli.Com

‘सौतेनी’ छोरीको रिसले तरकारीमा विष हाल्दा आफ्नै मृत्यु !

फाइल तस्बिर

तरकारीमा विष हालेर खाँदा वीरगञ्ज– २४, बहुअरीमा एक महिलाको मृत्यु भएको छ । विष राखेर परिवारका सदस्यलाई पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो । सोही तरकारी खाँदा परिवारका अरू पाँच जना सिकिस्त बिरामी भएका छन् ।

बिरामी पाँच जनाको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिकादेवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो । त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राति खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् ।

विषादी हालेर पकाइएको तरकारी राधिका आफैंले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन् । विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगञ्जस्टित तराई हस्पिटलमा पुर्‍याइएको थियो । तराई हस्पिटलमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो ।

विषादी हालिएको तरकारी खाँदा राधिकाका ३ वर्षीय छोरा विवेककुमार तथा ‘सौता’ का २० वर्षीय छोरा राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल तथा १६ वर्षीया छोरी मनिषा पटेल सिकिस्त बिरामी छन् । उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राति थप उपचारका लागि नेसनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

पाँचै जनाको अवस्था जटिल रहेकाले आईसीयूमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिएको खबर क्रान्ति साहको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर