newskoseli.Com

बलात्कारका आरोपी वडाध्यक्ष ‘छुटाउन’ नगरपालिका बन्द !

शम्भुनाथ नगरपालिकाको फेसबुक पेजमा प्रयोग गरिएको ‘कभर’ फोटो

एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका– १२, सप्तरीका वडाध्यक्ष लक्ष्मी साहलाई ‘ससम्मान रिहा गर्नुपर्ने’ मागसहित बुधबारदेखि अनिश्चितकालका लागि शम्भुनाथ नगरपालिका ठप्प पारिने भएको छ ।

नगरपालिका प्रमुख योगेन्द्र चौधरी, उपप्रमुख कविताकुमारी सरदार र सबै वडाध्यक्षको संयुक्त हस्ताक्षरबाट मंगलबार प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका वडाध्यक्ष साहलाई रिहा नगरिएसम्म नगरपालिका बन्द गरिने घोषणा गरिएको हो । शम्भुनाथ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका सबै वडाध्यक्षले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष साहमाथि ‘पूर्वाग्रही रूपमा प्रहरीले झुटा मुद्दा लगाएको’ निष्कर्षसहित निःशर्त रिहाइको माग गरिएको विज्ञप्तिमा उल्लेख छ । वडाध्यक्ष साहविरुद्ध प्रहरीमा उजुर गरेकी महिलाले गैरकानुनी कामका लागि वडाध्यक्षलाई दबाब दिएको तथा वडाध्यक्षले सो गैरकानुनी काम गर्न नमानेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

यद्यपि ती महिलाले वडाध्यक्ष साहलाई कस्तो प्रकारको गैरकानुनी काम गर्न दबाब दिएकी हुन् भन्ने चाहिँ विज्ञप्तिमा उल्लेख गरिएको छैन । पीडित भनिएकी महिलाले वडाध्यक्ष साहविरुद्ध उजुर गरे पनि साहविरुद्ध कुनै ठोस सबुत प्रमाण समेत नरहेको तथा प्रहरीले पूर्वाग्रही रूपमा जननिर्वाचित प्रतिनिधिमाथि झुटा मुद्दा लगाउने काम गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा वडाध्यक्ष साहसहित तीन जनालाई प्रहरीले मंसिर २५ मा पक्राउ गरेको थियो । कुखुरा फार्ममा बोलाएर ती महिलामाथि सामूहिक बलात्कार गर्न खोजेको आरोपमा वडाध्यक्ष साहसहित उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर