newskoseli.Com

ओली–प्रचण्ड ‘नरम’, माधव नेपाल ‘कडा’ : नेकपाको स्थायी कमिटी बैठक

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच ‘गुटको छायाँ’ देखिएको छ । ओली र प्रचण्ड पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन् ।

सोमबार र मंगलबारको बैठकमा २५ जना नेताले धारणा राखे । नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीप्रति खुलेर विरोध जनाए । ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्; उनीहरूले भने सरकार र पार्टी नेतृत्वको बचाउ गरे ।

अध्यक्ष प्रचण्ड निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल र पम्फा भुसाललगायतका नेताहरु लचिलो देखिए । ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन् ।

अघिल्लो पटकको स्थायी समितिको बैठकमा सरकार र नेतृत्वको कार्यशैलीप्रति चर्को आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराई भने अहिले आफूहरु समेत सरकारमा सहभागी भएका कारण ‘उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न’ नेतृत्वलाई ‘सुझाव’ दिए । उनीहरुले सरकारका विषयमा खास टिप्पणी नगरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर