newskoseli.Com

१५ महिनामा हराए साढे ३ हजार बालबालिका : ४०% भेटिए, ६०% कता गए ?

विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५–७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६–७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो ।

हराएका यीमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् । हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांकले देखाउँछ । प्राप्त तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएका छन् भने सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका छन् ।

हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएकामध्ये कूल १ हजार ४ सय ४० जना मात्रै भेटिएका छन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।

बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउनेभन्दा भेटिनेको संख्या कम देखिएको नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बताएको खबर महेश्वर गौतमको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर