newskoseli.Com

सैनिक अस्पतालबाटै सर्वसाधारणलाई हेमोडाइलाइसिस सेवा

हेमोडाइलाइसिससहित अन्य रोगको उपचार र नियमित स्वास्थ्य परीक्षणका विषयमा काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्झौता भएको छ ।

पाँचवर्षे यो सम्झौतासँगै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट महानगरवासीका ज्येष्ठ नागरिकका लागि ओपीडी, आपतकालीन र हेमोडाइलाइसिस सेवा सञ्चालन प्राप्त गर्ने भएका छन् । सैनिक मुख्यालयमा बुधबार आयोजित कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्र प्रवर्द्धनका लागि महानगरले अघि बढाएको साझेदारी नीतिअनुसार सेनासँग सम्झौता गरिएको बताएको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर