newskoseli.Com

रोशनी शाहीको इजलासमा बेचैनी : ‘आफूलाई के–के भयो–भयो…’ !

फाइल तस्बिर

हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन् । उनकै ‘जाहेरी’ का आधारमा ‘जबर्जस्ती करणी उद्योग’ मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्च अदालतमा सुनुवाइ चल्दै थियो ।

उनी साढे ११ बजेतिर अदालत पुगेकी थिइन् । अदालत परिसरमा पस्नुअघि उनी मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन् । अलमलमा परेजस्तो देखिन्थिन् । उनी केही समयपछि सिधै इजलासतर्फ लागिन् । कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो । अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए, न मुहारमा चमक देखिन्थ्यो ।

उनी कसैसँग बोलिनन् । निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन् । अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन् । महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो । उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन् । उत्सुकताका साथ बहस सुनिन् । अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन् ।

इजलासबाट ‘तपाईंको केही भन्नु छ ?’ भनेर उनलाई सोधिएको थियो । जवाफमा उनले ‘आफूलाई के–के भयो–भयो…’ मात्र भनिन् । ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो । उनी भावुक बनेकी थिइन् । आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन् । उनी अदालतबाट बाहिरिएको डेढ घन्टापछि मात्रै महरालाई थुनामै राख्ने आदेश इजलासबाट आएको खबर नितु घलेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर