newskoseli.Com

शुक्रबारदेखि संसद् अधिवेशन, सभामुख निर्वाचनको मिति नतोकिने

संसदको उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका दुई वटा सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले सभामुख निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्ने भए पनि त्यसको सम्भावना देखिएको छैन । सत्ताधारी नेकपाभित्र सभामुखको उम्मेदवारका विषयमा टुंगो लाग्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक एक साता पछि धकेलिने देखिएको छ ।

संसद् सचिवालय स्रोतले भन्यो– ‘शुक्रबारसम्म थप केही प्रगति नभएमा संसदको अर्को बैठक पुस ९ मा मात्रै बस्ने सम्भावना छ, त्यो समयसम्म कुनै सहमति भएमा त्यो बैठकले मात्रै सभामुख निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नेछ ।’ पूर्वसभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेर राजीनामा दिएका कारण असोजदेखि सभामुख पद रिक्त छ ।

प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार १ बजे कार्यव्यवस्था परामर्श समितिका सदस्यसँग छलफल गर्ने भएकी छन् । उपसभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन नमिल्ने भएपछि ‘कार्यव्यवस्था परामर्श समितिका सदस्यसँगको छलफल’ भनिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर