newskoseli.Com

माधव नेपालकाे प्रस्ताव : ‘सीमाबारे भारतसँग तुरुन्तै कुरा गरौं’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा बोल्दै सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नपाल–भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा गर्नुपर्ने धारणा राखेका छन् । बिहीबारको बैठकमा बोल्दै इतिहासकै बलियो सरकार भएको र अरु दलको पनि समर्थन रहेकाले लिपुलेक नेपालको हो भन्ने प्रमाण समेत भएकाले भारतसँग कुरा गर्न ढिलाइ गर्नु नहुने उनले बताए ।

‘महाकाली सन्धि भएपछि हामीले ‘लिपुलेक भ्रम र वास्तविकता’ भन्ने एउटा पुस्तक निकालेका थियौं, त्यसमा धेरै कुरा समेटिएको छ । त्यति मात्र होइन, यो विषय पहिले पनि भारत सरकारलाई हामीले जानकारी गराएका छौं । त्यसकारण पनि कुरा गर्न ढिलाइ गर्नु हुँदैन’– नेपालले भनेका थिए ।

त्यसबेलाका भारतीय राजदूत केभी राजनसँग लिपुलेक र कालापानीको विषयमा तत्कालीन एमालेका तर्फबाट कुराकानी गर्दा उनले भारत सरकारसँग कुरा गरेर वार्ता गर्ने जानकारी दिएको जानकारी पनि वरिष्ठ नेता नेपालले बैठकमा गराए । ‘म प्रधानमन्त्री भएका बेला भारत सरकारले ९८ प्रतिशत भूभागमा सीमा समस्या सुल्झेको भन्दै सीमासम्बन्धी प्रस्तावमा हस्ताक्षर गराउन खोजेको तर आफूले ९८ प्रतिशत भन्नाले कहाँ–कहाँ हो, नेपाल सरकारसँग सीमा सुल्झेको विषयमा कुनै छलफल नै छैन त्यसै हस्ताक्षर गरेर हुँदैन, यो विषयमा अध्ययन र अनुस्न्धान गर्नुपर्छ भनेपछि त्यतिबेला हस्ताक्षर हुन नसकेको हो,’ उनले भने– ‘कालापानी र सुस्तामा मात्रै सीमा विवाद रहेको उल्लेख गरेर प्रस्ताव तयार पारिएको रहेछ ।’

सीमा विवादको विषयलाई सरकार र पार्टी दुवैले गम्भीर भएर टुंगो लगाउनुपर्ने उनको धारणा रहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर