newskoseli.Com

राजपा–नेकपा सहमति : नेकपाभित्रै चर्को विरोध

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच भएको दुईबुँदे सहमतिको नेकपाभित्रै चर्को विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार बोल्ने नेताहरूले सहमतिको विरोध गरेका हुन् ।

सत्ताधारी नेकपा र मधेसकेन्द्रित राजपा नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने भन्दै बुधबार दुईबुँदे सहमति भएको थियो । नेकपा स्थायी कमिटीको बैठकमा सहभागी एक नेताका अनुसार पार्टीले राजपा नेपालसँग गरेको सहमतिमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र रघुजी पन्तलगायतका नेताले असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका छन् ।

‘पार्टीभित्र छलफल नै नगरी यत्रो ठूलो निर्णय लिइएको छ, बैठक चलिरहेका बेला समेत हामीले सञ्चार माध्यमबाट मात्र जानकारी पाइराखेका छौं,’ नेपालले बैठकमा भने– ‘विधि, प्रक्रिया मिचियो भनेर आफैंले प्रतिवेदनमा उल्लेख गर्दै आत्मालोचना पनि गर्ने तर कुनै निर्णय गर्दा पार्टीभित्र छलफल नै नगर्ने !’

पार्टीको महत्त्वपूर्ण बैठक चलिरहेको बताउँदै बैठकमा समेत जानकारी नगराई गलत प्रक्रियाले सहमति भएको वरिष्ठ नेता नेपालले बताएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर