newskoseli.Com

पुस ११ मा प्रक्रिया सुरु : को बन्ला नयाँ सभामुख ?

खालि रहेको सभामुख पदमा कसलाई चयन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बहस सुरु भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो ।

सभामुख कहिले चयन हुने भनी बैठकमा नेताहरूले शीर्ष नेताहरूसँग प्रश्न गरे । व्यक्ति को बन्ने हो, त्यो थाहा नभएको तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले बताए । यसको चर्चा भए पनि छलफल नभएको बताउँदै नेकपाले नै सभामुख पद आफैंसँग सुरक्षित राख्ने संसदीय दलको बैठकमा उनले बताए ।

बैठकमा पार्टी एकता, स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुरा राखेका थिए । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै त्यसका लागि तयार रहन अध्यक्ष प्रचण्डले सांसदलाई निर्देशन दिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर