newskoseli.Com

हावाबाट निकालियो बिजुली, ५ गाउँ उज्यालो !

हावाबाट बिजुली निकालेर निस्दी गाउँपालिका– ४, पाल्पा का १ सय ५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो ।

वैकल्पिक ऊर्जा प्रवरद्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी २ करोड १५ लाखको संयुक्त लगानीमा हावा र सौर्यबाट निकालिएको २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेका हुन् ।

२५ किलोवाट बिजुलीले निस्दी– ४ स्थित झ्यालटुङ, रुक्सेभञ्ज्याङ, काफलडाँडा, मौलाथर र मित्याल बजारका १ सय ५० भन्दा बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिएको खबर रेखीराम रानाको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर