टीकापुर नगरपालिका– ७, कालाकुण्डा नजिकै कैलालीको मोहना नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा अवरोध गरेको भारतीय पक्ष अन्ततः पछि हटेको छ । नियोजित रूपमा तटबन्ध निर्माणमा अवरोध गर्ने मनसाय नरहेको उसले बताएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डर इन्सपेक्टर राजा मुराद अलीले आगामी दिनमा तटबन्ध निर्माण कार्यमा अवरोध नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । कुनै भौतिक पूर्वाधार निर्माण गर्दा दुई देशबीचको दसगजा क्षेत्र भने नमिच्न उनले आग्रह गरेका छन् ।
स्थानीय जनप्रतिनिधि र दुई देशका सुरक्षा अधिकारीहरूले आइतबार विवादित सीमा क्षेत्रको संयुक्त निरीक्षण गरेर समस्या समाधानको पहल गरेका हुन् । दसगजाबाट आ–आफ्नो भूभागमा गरिने नदी नियन्त्रणको काममा अवरोध नगर्ने सहमति उनीहरूले जुटाएको खबर योगेश रावलको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।