राजधानीका विभिन्न स्थानबाट सीमापार आर्थिक अपराधमा संलग्न १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले आर्थिक अपराधमा संलग्न अझै दुई हजारभन्दा बढी चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।
चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै दुई हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ ।
उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान गरिएको खबर महेश्वर गौतमको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।