newskoseli.Com

एक महिनाभित्रै नेपालमा रेल आउँदै !

अबको एक महिनाभित्रै जनकपुरसम्म नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल आइपुग्ने पक्का भएको छ । तर, त्यो रेल कहाँ राख्ने, कहिलेदेखि सञ्चालनमा ल्याउने, कसले चलाउने र कसले टिकट दिने भन्नेजस्ता पूर्वतयारी गर्न भने बाँकी नै छ ।

रेल आउने समय तय भैसके तापनि रेल विभाग चाहिँ अहिलेसम्म पनि कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन ।

जयनगर–जनकपुर खण्डमा चलाउन भनी सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो । पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिएका छन् ।

नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशक सहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको खबर भउचप्रसाद यादवको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर