newskoseli.Com

आजै राजीनामा दिँदै उपसभामुख, सभामुखमा नेम्बाङकै सम्भावना

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन् । सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन् ।

संसद् सचिवालयले पुस १४ मा सभामुखका निर्वाचन तालिका बनाएको छ । सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन् । दुवै पद खालि हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन् । सचिवालयले पुस १३ मा मनोनयन दर्तालगायतका प्रक्रिया पूरा गर्ने र १४ गतेको प्रतिनिधिसभा बैठकमा चुनाव गराउने कार्यतालिका बनाएको छ ।

सभामुखमा नेम्बाङकै सम्भावना

नेकपाले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन् । तर, सभामुखमा पूर्वसभामुख सुवास नेम्बाङकै सम्भावना रहेको उनीहरू बताउँछन् ।

पुनर्स्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसदमा समेत नेम्बाङ नै सभामुख थिए । पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाकाका नेताहरूले बताएको खबर नरेन्द्र साउदको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर