newskoseli.Com

‘नरबलि’ का लागि बालिकाको भारततर्फ तस्करी !

‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ ।

पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छन् । पक्राउ परेका व्यक्तिको थप परिचय प्रहरीले खुलाएको छैन । ‘मासिकश्राव नभएका र शरीरमा कुनै चोटपटक नलागेका तीन बालिकालाई भारत लान लागेको जानकारीका आधारमा हामीले पक्राउ गरेका हौं’– प्रहरीले भन्यो ।

प्रहरीले अनौपचारिक रूपमा जानकारी गराएअनुसार ‘मासिक धर्म’ सुरू नभएका र शरीरमा कुनै खत नभएका बालिकालाई ‘बलि’ दिने प्रयोजनले लगिएको हुन सक्छ । भारतमा यसअघि पनि यस्ता बालिकाहरुलाई ‘बलि’ दिने प्रयोजनले लाने गरेको बुझिएकाले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको खबर दीपक रिजालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर