नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ । रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन । यस्तो कमिला कहाँबाट, कसरी नेपाल प्रवेश गर्यो भन्ने कसैलाई जानकारी छैन ।
यो कमिला केही समयअघि मात्रै नेपाल प्रवेश गरेको नेपाल जडीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । नेपालमा दुई किसिमका कमिला छन्– एउटा, वनस्पतिलाई नोक्सान गर्ने र अर्को नोक्सान नगर्ने । नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन् ।
विदेशबाट भित्रिने काठसँगै कमिला पनि नेपालसम्म आइपुगेको हुन सक्ने उनले बताएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।