सर्लाही क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।
आफूअनुकूलको काम नगरेको भन्दै सदस्य यादवले आफूलाई ज्यान मार्ने धम्की दिँदै पटक–पटक आएको आरोप प्रमुख प्रशासकीय अधिकृत महतोले लगाए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेका योजना आफूले कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकाले आफूले त्यस ठाउँमा बसेर काम गर्न नसकेको महतोको भनाइ छ ।
नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएको भन्दै अहिले उन? सरुवाका लागि संघीय राजधानी काठमाडौंमा रहेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।