काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । मोनोरेलको डीपीआर तयार भएको जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन् ।
चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र महानगरबीच पुसमा डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको थियो । सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार पार्ने सहमति भएको थियो । ‘चिनियाँ कम्पनीले मोनोरेलको डीपीआर बुझाएको छ, डीपीआरको अध्ययन गर्न बाँकी छ,’ शाक्यले भने– ‘आइतबारसम्म अध्ययन गर्नेछु ।’
सम्भाव्यता अध्ययन अनुसार चक्रपथमा रेल सञ्चालन गर्न १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको खबर निर्दोष घोरसाइनेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।