newskoseli.Com

‘नेम्बाङलाई सभामुख बनाउनोस्, प्रधानमन्त्री म बन्छु’ : ओलीमाथि प्रचण्डको ‘प्रेसर’ !

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् ।

समय घर्कंदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षद्वयले नै ‘प्रतिष्ठाको विषय’ बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ । त्यसको पछिल्लो संस्करण हो– नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार साँझ भएको छलफल ।

‘सभामुख पार्टी एकताको समीकरणमा असर नपर्ने गरी छान्नुपर्छ भन्ने विषयमा एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने– ‘त्यसो हुँदा प्रधानमन्त्रीजीले आफ्नो अडान छाड्नुपर्छ ।’ बैठकमा गौतमबाहेक अरु नेताले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने प्रचण्डको कुरामा समर्थन जनाएका थिए ।

‘मैले पूर्वमाओवादीबाटै हुनुपर्छ भनेको छु तर ओलीजीले सुन्दै सुन्नुहुन्न, यसले त पार्टी एकतामै असर पार्ने भयो नि’– प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । एक नेताका अनुसार यसअघि पटक–पटक सभामुख भइसकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन प्रधानमन्त्रीले किन अडान लिइरहेका छन् भन्नेबारे पनि कुराकानी भएको थियो ।

‘ओलीजीले नेम्बाङका विषयमा किन यति धेरै अडान राख्नुभएको छ, मैले बुझ्न सकिरहेको छैन’– नेताहरुसँग प्रचण्डको भनाइ छ । गत सोमबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले ‘सभामुखबारे तपाईंको त्यति धेरै अडान छ भने पार्टीको कार्यकारी हुनुहोस्, म प्रधानमन्त्री हुन्छु’ सम्म भनेका थिए । बुधबारको उक्त भेलामा प्रचण्डले यसबारे पनि ब्रिफिङ गरेको खबर शुक्रबारकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर