newskoseli.Com

‘सर्वोच्चको आदेश किन पालना भएन ?’ सचिवहरूलाई प्रधान न्यायाधीशको प्रश्न

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको फाइल तस्बिर

सर्वोच्च अदालतको निर्देशनात्मक आदेश मन्त्रालयहरूले पालना नगरेको भन्दै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले सचिवहरूसँग प्रश्न गरेका छन् । सरकारका नाममा दिइने आदेश कल्याणकारी राज्य स्थापनाका लागि भएको भन्दै यसको कार्यान्वयनमा उनले जोड दिएका छन् ।

संविधान पालना गर्ने जिम्मेवारी सबैको भएको भन्दै सर्वोच्च अदालतको आदेश पालना गर्न प्रधान न्यायाधीश जबराले सचिवहरूलाई निर्देशन दिए । ‘नागरिकको सुरक्षा, पीडितको संरक्षण, भूगोलको रक्षा र ऐतिहासिक पुरातत्त्वहरूको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो, सो हुन नसकेपछि अदालतले बाध्य भएर आदेश गरेको हो,’ सर्वोच्च अदालतमा आयोजित मन्त्रालयका सचिवहरुसँगको भेटमा उनले भने– ‘अदालतको आदेश पालना नगर्नु न्यायालय र संविधानलाई मान्दिनँ भन्नुसरह हो ।’

प्रधान न्यायाधीशको प्रश्नको जवाफमा मुख्य सचिव लोकदर्शन रेग्मीले अदालतको आदेश वा फैसला कार्यान्वयनको विकल्प नरहेको बताएको खबर नीराजन पौडेलको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर