newskoseli.Com

एकै पूर्वप्रधानमन्त्रीकहाँ ७७ सुरक्षाकर्मी : क–कसको निवासमा कति–कति ?

सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा निकै बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरूले नैतिकता प्रदर्शन गर्नु पर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविधि अनुसार सुरक्षा प्रयोजनका लागि ९ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर १९ जना सुरक्षाकर्मी राख्दै आएका छन् । यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई पनि कार्यविधि मिचेर २९ जना सुरक्षाकर्मी बढी दिइएको हो ।

कसको निवासमा कति सुरक्षाकर्मी ?

पुष्पकमल दाहाल— ७७ जना
शेरबहादुर देउवा— ३८ जना
झलनाथ खनाल— १९ जना
माधवकुमार नेपाल— १७ जना
डा. बाबुराम भट्टराई— ११ जना
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी— १० जना
लोकेन्द्रबहादुर चन्द— १२ जना

सरकारी सुरक्षाकर्मीको दुरुपयोगसम्बन्धी यो खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर