newskoseli.Com

उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्रै सारिँदै (कुन–कुन हुन्, नामावलीसहित)

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् ।

कार्ययोजना अनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडीबुटी चोकसम्म खालि ठाउँमा सर्भिस लेन निर्माण गरिनेछ भने उपत्यकाका ५१ ठाउँमा सवारी साधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटीभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।

सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ वटा पेट्रोल पम्प सार्नका लागि नेपाल आयल निगम र सडक विभागलाई तत्कालै काम सुरु गर्न निर्देशन समेत दिएको छ । कार्ययोजनाअनुसार निगम र विभागलाई बज्रबाराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँ), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलंकी) र श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ ।

यस्तै, त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगञ्ज) पनि अन्यत्र सर्ने सूचीमा रहेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर