newskoseli.Com

तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी : पार्टीमा पनि जिम्मेवारी दिइँदै !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन् । दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर यस्तो आश्वसन दिएको स्रोतले बतायो । दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी हुन् ।

बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाङ्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन् । तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने महासचिव विष्णु पौडेलले बताए । ‘उहाँलाई पहिले केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’– पौडेलले भने ।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले पाएका छन् । तुम्बाहाङ्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाइने नेकपा स्रोतले जनाएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर