प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, स्यानेटरी प्याड, नेलकटर, बेबी बक्स, बेबी आयलसहित ९ प्रकारका सामग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए ।
नगरपालिकाको कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाई २ हजार ५ सय रूपैयाँ बराबरको कोसेली बाँडिएको जानकारी उनले दिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।